बुधबार, भाद्र २५,२०८२ 11:12:22
  • बुधबार, भाद्र २५,२०८२ 11:12:22
Global IME Bank Limited

नेपाल ल्युब आयलले घोषणा गर्यो लाभांश, एफपीओ पनि जारी गर्ने निर्णय

Hyundai Nepal
नेपाल ल्युब आयलले घोषणा गर्यो लाभांश, एफपीओ पनि जारी गर्ने निर्णय

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।   

बैठकले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।  यसका साथै बैठकले प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्ने समेत निर्णय गरेको छ ।  

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको ३३ औं साधारण सभा आगामी असोज १८ गते ललितपुरको पुल्चोकमा रहेको याक प्यालसेमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा प्रिमियम मूल्यमा थप सार्वजनिक निश्काशन(एफपीओ) गर्ने, एफपीओ निष्कासनपश्चात् प्राप्त पूँजीको उपयोग सम्बन्धमा निर्णय गर्ने, कम्पनीको अधिकृत, जारी तथा चूक्तापूँजी वृद्धि गर्न प्रबन्धपत्र संसोधन गर्ने र कम्पनीका सञ्चालक समिती सदस्य करण कुमार चौधरीलाई कम्पनीको प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएकोले सो र निजको सर सुविधा निर्धारण गर्नका लागी साधारण सभामा अनुमोदनको निमित्त प्रस्ताव पेश गरिनेछ ।  

यस्तै सभामा आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आव २०८०/८१ को लेखा परीक्षकको प्रतिवेदन, २०८१ आसार मसान्तको वासलात र आव २०८०/८१ को आय विवरण र सोही अवधिको नगद प्रवाह विवरण छलफल गरि स्वीकृत गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.