सोमबार, असार २,२०८२ 12:21:34
  • सोमबार, असार २,२०८२ 12:21:34
Global IME Bank Limited

लर्ड बुद्ध एजुकेशनको इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा ६० विद्यार्थीले पाए रोजगारी

Hyundai Nepal
लर्ड बुद्ध एजुकेशनको इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा ६० विद्यार्थीले पाए रोजगारी
Nabil Bank Limited

काठमाण्डौ । लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका ६० जना विद्यार्थीहरूले कलेजमा आयोजित इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा सहभागी विभिन्न आइटी कम्पनीमा रोजगारी पाएका छन् ।

छानिएका विद्यार्थीहरूले केही समय काम सिकिसकेपछि सोही कम्पनीमा काम पाउने पक्का भएको हो । लर्ड बुद्ध एजुकेशन फाउण्डेशन मैतीदेवीमा आयोजित दुई दिने कार्यक्रममा १५ भन्दा बढी रोजगारदाता आइटी कम्पनीहरू र करिब १५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विद्यार्थीहरूले सम्भावित रोजगारदाताहरूसँग अन्तरक्रिया गर्ने, आफ्नो सीपहरू प्रदर्शन गर्ने र इन्टर्नसिपका साथै रोजगारी पक्का गर्ने मौका पाएका थिए ।  

प्राविधिक क्षेत्रमा विभिन्न प्रकारका उद्योगहरूको प्रतिनिधित्व गर्दै सहभागी कम्पनीहरूले  उम्मेदवारहरूको क्षमताप्रति सन्तुष्टि व्यक्त गरेका थिए ।  

शिक्षा र उद्योग बिचको खाडललाई कम गर्ने आफ्नो प्रतिबद्धतालाई कार्यक्रमले जोड दिएको फाउण्डेशनका अध्यक्ष पङ्कज जालानले जानकारी दिए ।

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले शिक्षा र उद्योगबीचको सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.