काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम बैंक सञ्चालक समितिको १४९ औं बैठकको निर्णयले दाहाललाई सञ्चालक नियुक्त गरेको हो ।
उनलाई भदौ २८ गतेदेखि लागू हुनेगरी ४ वर्षे कार्यकालको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको निफ्राले जनाएको छ ।
नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त भएका दाहालले एमपिए र एमबीए गर्नुका साथै कानूनमा स्नातक समेत गरेका छन् । नेपाल सरकारको सेवामा रहँदा उनले विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको लामो समयको अनुभव रहेको छ । उनको कार्यकालमा बैंकले थप उचाई हासिल गर्नेछ भन्ने विश्वास लिएको छ ।