काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन् । असोज ३ गते संविधान दिवसको सार्वजनिक बिदा परेकाले सेयर कारोबार हुने छैन ।
प्रस्तावित लाभांश कम्पनीको आगामी असोज १८ गते आयोजना हुने कम्पनीको नवौं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।