काठमाण्डौ । अमेरिकाका हेज फण्ड अरबपति जोन पउलसनले डेमोक्रेटिक पार्टीकी अमेरिकी राष्ट्रपति उम्मेद््वार कमला ह्यारिसले निर्वाचन जिते बजारबाट सबै पैसा झिक्ने बताएका छन् ।
उनले डेमोक्रेटिक उम्मेद्वारले निर्वाचन जिते लगानीकर्ता दुखी हुने समेत बताए । उनले यदि कमला अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भए कर योजना र अन्य आर्थिक योजनाहरु कार्यान्वयन गर्ने र यसले लगानी सुरक्षित नहुने दाबी गरेका छन् ।
उनले भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कमला ह्यारिसको आर्थिक योजनाहरु भिन्न भएको बताउँदै ट्रम्पले सन् २०१७ को कर कटौतीको योजनालाई विस्तार गर्न चाहेको बताए । एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा जोनले कमलाले २१ देखि २८ प्रतिशतसम्म कर्पोरेट कर बढाउने योजना बनाउनुका साथै पूँजीगत लाभकर २० देखि २८ प्रतिशतसम्म बढाउने दाबी गरे ।