सोमबार, श्रावण १८,२०८३ 10:25:32
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:25:32
Bizshala
Global IME Bank Limited

भिडोल लुब्रिकेन्टको डिलर मिट सम्पन्न, देशभरका ४२ डिलरको सहभागिता

भिडोल लुब्रिकेन्टको डिलर मिट सम्पन्न, देशभरका ४२ डिलरको सहभागिता
New Office

काठमाण्डौ । भिडोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक तथा उत्पादक युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिज प्रालिले डिलर मिट सम्पन्न गरेको छ । गत सोमबार धनुषाको ढल्केबरस्थित गौतम होटलमा सम्पन्न सो डिलर मिटमा देशभरका ४२ डिलरको सहभागिता रहेको थियो ।

सो अवसरमा भिडोल इन्टरनेसनल लिमिटेड, युकेका डाइरेक्टर अरिजित वासुले नेपाली बजारमा भिडोलको उपस्थिति उत्साहप्रद रहेको उल्लेख गर्दै कम्पनीको अवको रणनीति र विश्व बजारमा भिडोललाई अझै उल्लेख्य रुपमा पु(याउने कम्पनीको योजना वारेमा जानकारी दिए ।

युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले भिडोललाई नेपाली ग्राहकका बीच पु(याउनमा डिलरहरुको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्दै आगामी दिनमा समेत सदैव सहकार्यको अपेक्षा गरे ।

युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डेपुटी जनरल म्यानेजर दिनेश खनालले कम्पनीले उत्पादन गर्ने विभिन्न उत्पादन र भविष्यको योजना वारेमा प्रस्तुतीकरण गरेका थिए ।

सो अवसरमा भिडोल इन्टरनेसनल लिमिटेड, युकेका डाइरेक्टर अरिजित वासुले भिडोल लुब्रिकेन्टको नेपालका लागि फ्रेन्चाइजी युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डाइरेक्टर दिपेन्द्र कुमार मिश्रलाई हस्तान्तरण गरे ।

सो अवसरमा भिडोल लुब्रिकेन्टमा विगत ९ वर्ष देखि कार्यरत रहेर लामो समय सम्म सेवा गरेकोमा जनरल म्यानेजर दिनेश खनाललाई ‘टोकन अफ एप्रिसिएसन’ प्रदान गरिएको थियो भने सबै डिलर प्रतिनिधिहरुलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो ।

अब नेपालमै भिडोल लुब्रिकेन्टको उत्पादन शुरु भएको छ । विश्वका १२ देशमा भिडोलको ब्रान्ड लाइसेन्सी उपलब्ध भएको र यो लाइसेन्स प्राप्त गर्ने नेपाल १२औं देश बनेको छ । ती देशका १८ स्थानमा भिडोल लुब्रिकेन्ट ब्लेन्डिङ हुने गर्छ र ७५ भन्दा बढी देशमा यसको उपस्थिति छ ।

भिडोल लुब्रिकेन्ट उत्पादनका लागि धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजले उद्योग स्थापना गरेको छ । १ लाख ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो उद्योगमा २० लाख लिटर क्षमताको स्टोरेज रहेको छ । यहाँ मासिक रुपमा प्रतिसिफ्ट १० लाख लिटर लुब्रिकेटिङ आयल उत्पादन गर्न सकिन्छ ।

भिडोल लुब्रिकेन्ट नेपाली बजारमा सन् २०१२ देखि नै उपलब्ध छ । यो लुब्रिकेन्ट सवारी साधनतर्फ मोटरसाइकल, कार, मिनीभ्यान, एसयूभी र कमर्सियल तथा हेभी इक्विपमेन्टमा प्रयोग भइरहेको छ । साथै यसको प्रयोग उद्योगहरुमा पनि हुँदै आएको छ । भिडोललाई विश्वका प्रायः सबैजसो ठूला र प्रख्यात अटो उत्पादकले आफ्नो सवारी साधनमा ओईएम प्रोडक्टमा रुपमा प्रयोग गर्न सिफारिस गरेका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.