काठमाण्डौ । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ ।
प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड र प्रभु स्माटए फण्डका इकाईधनीहरुलाई गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।
योजना व्यवस्थापक प्रभु क्यापिटलले यी २ वटै योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी असोज १४ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ असोज १३ गतेभित्र नेप्सेमा कारोबार भई कायम इकाइधनीहरु मात्रै यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।
क्यापिटलले प्रभु सेलेक्ट फण्डका लागि १० प्रतिशत र प्रभु स्मार्ट फण्डका लागि ८.५० प्रतिशत लाभांश(कर सहित) प्रदान गर्ने निर्णय गरेको छ । यी दुवै म्युचुअल फण्ड बन्दमुखी योजना हुन् ।