काठमाण्डौ । मन्दाकिनी हाईड्रोपावर लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । असोज ९ गते दिउसो ४.३० बजे देखी सुरु भई साँझ ५.३० बजे सम्म सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकले सञ्चित मुनाफा समेतबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र र ०.२६३२ प्रतिशत नगद लाभाशं (कर प्रयोजनका लागि) गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
यस्तै बैठकले कम्पनीको लेखापरिक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०८०/०८१ को नाफा नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचिहरु उपर छलफल गरी स्वीकृतको लागि आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय समेत गरेको छ ।
प्रस्तावित लाभांश साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                