आईतवार, फाल्गुन ११,२०८१ 02:55:19
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:55:19
IME remit
Global IME Bank Limited

अपि पावरले आयोगमा पुनरावेदन गर्न सक्ने, के होला लाभांश ?

Hyundai Nepal
अपि पावरले आयोगमा पुनरावेदन गर्न सक्ने, के होला लाभांश ?
Nabil Bank Limited

काठमाण्डौं । अपि पावरले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ९ प्रतिशत लाभांश नियामक विद्युत नियमन आयोगले रोकेको छ । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १६ गतेका लागि बुक क्लोजको मिति समेत तय गरिसकेको थियो ।  

तर विद्युत नियमन आयोगले कम्पनीेले अनरियलाइज नाफाबाट कम्पनीले नाफा घोषणा गर्न नसक्ने भन्दै आज एक पत्र मार्फत लाभांश रोक्का गरेको पत्र नेप्सेलाई पठाएको छ । यसै विषयमा आज दिनभर लगानीकर्ताहरु र ब्रोकरहाउहरुमा राम्रै चर्चा भएको थियो । अपी पावर कम्पनीका म्यानेजिङ डाइरेक्टर सञ्जिब न्यौपानेले भने यसमा असन्तुष्टि जनाएका छन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

न्यौपाने भन्छन् ‘हामीले कम्पनी ऐन २०६३ को दफा ५६ को १० अनुसार लाभांश घोषणा गरेका हौ । कम्पनीले एनएफआरएस अनुसार नै लाभांश घोषण गरेको हो । दफा  २७ र १३ लाई केलाएर हेर्ने हो भने अचल सम्पति बाहेक चल सम्पतिको हकमा पुनर्मूल्याँकन गर्न पाइन्छ ।’

त्यस कारण कम्पनीले हाल घोषणा गरेको लाभांश बाड्न पाउने तर्क न्यौपानेको रहेको छ । न्यौपानेले यस विषयमा कम्पनी आयोगसँग छलफलमा नै रहेको बताए । ‘अब हामीले विज्ञहरुलाई राखेर एकपटक आयोगसँग छलफल गर्छौ । किनकी यो विषयले सर्वसाधारणलाई ठूलो मर्का परेको छ । यसकारण आयोगले लाभांश छेक्नु पर्ने कुनै कारण छैन र एनएफआरएस अन्तर्गत नै लाभांशको प्रस्ताव गरिएको हो ।  

त्यसैगरि, विद्युत नियमन आयोगका अध्यक्ष राम प्रसाद धितालले कम्पनीलाई चित्त नबुझको खण्डमा १४ दिन भित्रमा आयोगमा पुनरावेदन दिन सक्ने जानकारी दिए । ‘तर्कसंगत रुपमा अडिट क्लियरेन्स गरेर आए पुनर्विचार होला । कम्पनीलाई पुनरावेदन दिन सक्ने अधिकार छ,’ अध्यक्ष धितालले भने ।  

यसै बिषयमा बजार जानकार गोबिन्द प्रसाद घिमिरेले लगानीकर्ता खासै त्रसित हुनु नपर्ने र यस बाहेक पनि कम्पनीले ६ प्रतिशत लाभांश दिन सक्ने दाबी गरे ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.