काठमाण्डौ । एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका दुई सन्तान पनि धनाढ्यको सूचीमा परेका छन् । ‘हुरन इण्डिया २०२४ अन्डर ३५’ मा मुकेश अम्बानीका छोरा आकाश अम्बानी र छोरी इशा अम्बानी परेका हुन् ।
दुवै जना ३५ वर्षभन्दा तलका भारतीय युवा धनाढ्यको सूचीमा परेका हुन् । ईशा अम्बानी सूचीको ३१ औं स्थानमा परेकी छिन् । ईशासँगै टुडलकी परिता पारेख सबैभन्दा कम उमेरकी महिला उद्यमीको सूचीमा परेका छन् ।
ईशाले रिलायन्स रिटेलको व्यवसाय सम्हालिरहेकी छिन् । उनी कम्पनीमा नन एक्जिक्युटिभ डाइरेक्टरको भूमिका निर्वाह गरिरहेकी छन् ।
ईशाको जन्म सन् १९९१ मा भएको थियो ।
यस्तै ईशाका साथै उनका भाई आकाश अम्बानी पनि सूचीमा परेका छन् । उनी सूचीको ८२ औं स्थानमा छन् ।