काठमाण्डौ । नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ। विशेष गरी जेन जी, कलेज विद्यार्थी, र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता, र अत्याधुनिक प्रविधिको संयोजन रहेको कम्पनीलदे जनाएको छ।
स्पार्क ३० सी को सुरुवाती मूल्य रु १६ हजार ४९०(६ं१२८ जीबी भेरियन्ट) र ८ं२५६ जीबी भेरियन्टको मूल्य रु १९ हजार ९९० राखिएको छ।
सेप्टेम्बर ३० बाट अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध हुने यो फोनले गेमिङ, मल्टिटास्किङ, र मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। ५० एमपी एचडी प्राइमरी क्यामेरा, ५ हजार एमएएच ब्याट्री, र १२० हर्ट्ज डिस्प्ले जस्ता विशेषताहरूले यो फोनलाई अझ आकर्षक बनाएको छ।
साथै, यसमा १२ प्लस १ महिनाको वारेन्टीमा १०० दिनसम्म फोन रिप्लेसमेन्टको ग्यारेन्टी समेत रहेको छ।
टेक्नो नेपालका नेशनल पार्टनर सन्तोष भण्डारीले भने,‘स्पार्क ३० सीले हाम्रो नवीनता र स्टाइललाई नयाँ उचाइमा पुर्याएको छ। यो फोनले युवाहरूको जीवनशैलीसँग मेल खाने विशेषताहरूको संयोजन गरेको छ, जसले उनीहरूलाई भीडमा फरक पहिचान दिलाउँछ।’ टेक्नो मोबाइल इन्डियाका सीईओ अरिजित तलपात्राले भने, ‘टेक्नोले सधैं आफ्ना ग्राहकलाई नवीनतम प्रविधि र सहज पहुँचयोग्य उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेको छ।’
स्पार्क ३० सी अर्बिट ब्ल्याक, अर्बिट ह्वाइट, र म्याजिक स्किन ग्रीन रंगमा उपलब्धता रहेको छ।
टेक्नो ७० भन्दा बढी देशमा सञ्चालन भईरहेको छ । जसले स्मार्टफोनदेखि स्मार्ट होम उत्पादनहरू उपलब्ध गराउँदै आएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                