बुधबार, भाद्र ३,२०८३ 03:06:26
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 03:06:26
Bizshala
Global IME Bank Limited

इन्डिगो एयरलाइन्सको सर्भर ६ घण्टापछि सुचारु, विमानस्थलमा लामो लाइन, उडान प्रभावित

इन्डिगो एयरलाइन्सको सर्भर ६ घण्टापछि सुचारु, विमानस्थलमा लामो लाइन, उडान प्रभावित
New Office

काठमाण्डौ । इन्डिगो एयरलाइन्सको प्यासेन्जर सर्भिस सिस्टम लगभग ६ घण्टापछि सूचारु भएको छ । अक्टोबर ५ दिउँसो १२ बजेपछि एयरलाइन्सको सिस्टम डाउन भएको थियो ।

यद्यपि पूर्ण सामान्य अवस्थामा फर्किन केही समय लाग्न सक्ने जनाइएको छ ।  

कम्पनीले एक्समा एक पोष्ट जारी गर्दै यस बारे जानकारी दिएको हो । यस्तै कम्पनीले अन्य एप्लिकेशन रिस्टोर हुन समय लाग्ने जनाएको छ । यो समस्याका कारण मानिसहरूले अनलाइन टिकटहरू बुक गर्न र चेक इन गर्न पाएका थिएनन् । 

Bizshala
CG Motors

विमानस्थलमा उडान र ग्राउन्ड सेवा पनि प्रभावित भएको छ । जसका कारण भारतभरका विमानस्थलमा यात्रुको लामो लाइन देखिएको छ । समस्याबारे एयरलाइन्सले जानकारी दिए पनि यात्रुका लागि वैकल्पिक व्यवस्था नहुँदा यात्रु घण्टौंसम्म विमानस्थलमै पर्खिरहेका थिए ।

कम्पनीले अहिले पनि अस्थायी सिस्टम स्लो डाउनको सामना गरिरहेको जनाएको छ । समस्याका कारण कम्पनीको वेबसाइट और बुकिंग सिस्टम प्रभावित भईरहेको छ ।  

तीन महिनाअघि अमेरिकी एन्टिभाइरस कम्पनी क्राउडस्ट्राइकको सफ्टवेयर अपडेटका कारण विश्वभर माइक्रोसफ्ट अपरेटिङ सिस्टममा सञ्चालित लाखौँ कम्प्युटरहरू ठप्प भएका थिए । जसका कारण विश्वभरका विमानस्थल, उडान, रेल, अस्पताल, बैंक, रेष्टुरेन्ट, डिजिटल भुक्तानी, स्टक एक्सचेन्ज, टीभी च्यानल, सुपरमार्केट जस्ता अत्यावश्यक सेवाहरू बन्द भएका थिए । यसको सबैभन्दा बढी असर विमानस्थलमा देखिएको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.