मंगलवार, श्रावण १९,२०८३ 03:14:48
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 03:14:48
Bizshala
Global IME Bank Limited

रियलमीको मेमोरी च्याम्पियन सि ५१ अब नयाँ भेरिएन्टमा

रियलमीको मेमोरी च्याम्पियन सि ५१ अब नयाँ भेरिएन्टमा
New Office

काठमाण्डौ । स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रियलमी सि ५१ को मुल्य १४ हजार ४९९ रुपैयाँ रहेको छ ।

५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी सि ५१ ले ग्राहकहरुलाई फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । यो अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेल्ड तस्बिर खिच्न सक्छ ।

७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सि ५१ ले कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्छ । ३३ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५१ मा शक्तिशाली ५००० एमएएचको ब्याट्री राखिएको छ जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या नहुने कम्पनीको दाबी छ ।  

रियलमी सि ५१ मा ४ जिबी सम्मको डायनामिक र्यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ । १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकहरुलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।  

अक्टा–कोर चिपसेटले एडभान्स टेक्नोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फमेन्स तथा अनुभव सुनिश्चित गर्दछ । ४+१२८ जीबी भेरिएन्टको रियलमी सि ५१ आकर्षक च्याम्पियन गोल्ड कलरमा १४ हजार ४९९ मा उपलब्ध छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.