काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ६० प्रतिशत छुट दिने भएको छ।
कम्पनीले समुन्नती जीवन बीमा योजनाबाहेक अन्य सबै व्यतीत भएका बीमालेख नवीकरण गर्दा नविकरण शुल्कमा लाग्ने विलम्ब शुल्कमा ६० प्रतिशत छुटको व्यवस्था गरेको हो। कम्पनीले फागुन १ गतेदेखि फागुन १५ गतेसम्म नविकरण गर्दा यस्तो छुट प्रदान गरिने जनाएको छ ।
यो छुट योजनामा समावेश भई नविकरण भएका बीमालेखहरु नविकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छूटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।
यस्तै यसअघि विलम्ब छुट सुविधा प्राप्त गरेका बीमालेखहरुलाई भने यस योजनामा समावेश नगरिने कम्पनीले जनाएको छ । यस्तो छुट बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिने कम्पनीले स्पष्ट पारेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                