बिहीबार, असार ११,२०८३ 12:12:10
Bizshala
  • बिहीबार, असार ११,२०८३ 12:12:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विदेशी मुद्राको थुप्रो लागेपछि आयातमा राष्ट्रबैंकको लचिलो नीति, अस्ट्रेलिया जानेले ५०० डलरसम्मको सटही सुविधा पाउने

Laxmi Sunrise Bank Limited
विदेशी मुद्राको थुप्रो लागेपछि आयातमा राष्ट्रबैंकको लचिलो नीति, अस्ट्रेलिया जानेले ५०० डलरसम्मको सटही सुविधा पाउने

काठमाण्डौ । चालु आर्थिक वर्षको २ महिनामा विदेशी मुद्राहरुको सञ्चिती बढेर ढुकुटी भरिँदै गएपछि नेपाल राष्ट्रबैंकले आयात व्यापारलाई बढावा दिने गरी खुकुलो नीति लिएको छ ।  

नेपाल राष्ट्रबैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एकीकृत परिपत्र २०८० मा केही महत्वपूर्ण संसोधन गर्दै आयात व्यापारमा खुकुलो नीति अबलम्बन गरेको हो ।  

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो २ महिना(साउन र भदौं)सम्ममा कुल विदेशी विनिमय सञ्चिति रु.२१५२ अर्ब ५३ करोड र अमेरिकी डलरमा १६ अर्ब ४ करोड रहेको जनाएको थियो ।  

आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । २०८१ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३७.७ प्रतिशत, ११४.४ प्रतिशत र ३०.८ प्रतिशत रहेका छन्।

New Office
CG Motors
Garima Development Bank

यिनै आँकडालाई विश्लेषण गरी केन्द्रीय बैंकले केही खुकुलो नीति अबलम्बन गरेको हो । जसअनुसार अस्ट्रेलियामा वैदेशिक रोजगारीमा जानेले पाउँदै आएको अमेरिकी डलर सटहीको सीमालाई बढाइदिएको छ । पहिला ३०० डलरको सीमा रहेकोमा अहिले बढाएर ५०० डलर पुर्याइएको हो ।  

हालसम्म जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका र क्यानडा रोजागारीमा जानेले राहदानी बापत ५ सय अमेरिकी डलर सटही सुविधा पाउँदै आएका थिए । तर, अब अस्ट्रेलिया जानेले पनि त्यो सुविधा पाउनेछन् ।  

यस्तै, विदेशका अस्पतालमा औषधि उपचार गराउने र औषधि तथा उपचारजन्य उपकरण खरिद गर्न पाउने सटही सुविधा सीमा १० हजार अमेरिकी डलरबाट बढाएर १५ हजार डलर पुर्याइएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वस्तु आयातका लागि आयातकर्ता कम्पनीले पेश गर्नुपर्ने टान्सपोर्ट डकूमेन्टको अवधि बढाइएको छ भने आयातपछि भुक्तानी गरिने विदेशी मुद्रा सटही सुविधाको अवधिसँगै सामान आयात गर्न पाउने ९० दिनको अवधिलाई बढाएर १२० दिन बनाइएको छ ।

यसैगरी, नेपाली होटलहरुले अब प्रति ग्राहक अधिकतम १ हजार डलर बराबरको सटही सुविधा समेत उपलब्ध गराउन पाउने भएका छन् । यस्तो सुविधा यसअघि ३०० डलरमा सीमित थियो।

मेडिकल, हवाईजहाज र दूरसञ्चार उपकरणका १० हजार डलरसम्मको पार्टपूर्जा मात्र तत्कालै अन्तराष्टिय विमानस्थल भन्सार नाकाबाट आयात पाउने सुविधामा लचिलो बनी १ लाख डलरसम्मको सीमा कायम गरिएको छ ।  

विदेशमा उपचार गराउने तथा औषधि उपकरण खरीदका लागि विदेशी मुद्रा सटहीको सीमा पनि १० हजार डलरबाट बढाएर १५ हजार डलर बनाइएको छ ।  

यसैगरी, विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा खुलेका शिक्षण संस्थाहरुलाई  सम्बन्धन, परीक्षा लगायतका शुल्कहरुको भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाहरुले १२ हजार डलर बराबरको मात्र सटही सुविधा दिन पाउने व्यवस्था परिमार्जन गरी २५ हजार डलर कायम गरिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.