काठमाण्डो । अपि पावर कम्पनीले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि कात्तिक २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले पहिलोपटक ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । जसलाई विद्युत नियमन आयोगले अस्विकृत गरेको थियो । जसपश्चात कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घटाएर ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो ।
कम्पनीको प्रस्तावित लाभांश आगामी कात्तिक ११ गते आयोजना हुने २१ औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।