काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक २ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२२ रुपैयाँ र बिक्रीदर १३४.८२ रुपैयाँ कायम भएको छ ।
यसअघि गत असोज २६ गते अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको थियो ।
आज एक यूरोको खरिददर १४५.८५ रुपैयाँ र बिक्रीदर १४६.५० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.६७ रुपैयाँ र बिक्रीदर १७५.४५ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.९३ रुपैयाँ र बिक्रीदर ९०.३४ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.९७ रुपैयाँ र बिक्रीदर ९.०१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६ं.७१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१४ रुपैयाँ र बिक्रीदर ३१.२८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७९ रुपैयाँ र बिक्रीदर ९.८४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.१५ रुपैयाँ र बिक्रीदर ४४०.११ रुपैयाँ कायम भएको छ ।