काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।
बैठकले गत आवका लागि सेयरधनीहरुलाई १३.७७५ प्रतिशत बोनस सेयर र ०.७२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १४.५० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले लाभांश स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने र राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात १० औं साधारण सभाबाट पारित गरी वितरण गर्ने निर्णय समेत गरेको छ ।