काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको रेटिङ घटाएको छ । इक्राले कम्पनीलाई विगतमा प्रदान गर्दै आईरहेको इक्राएनपी–आईआर बीबी माइनस निष्कासनकर्ता रेटिङ लाई घटाएर [ICRANP-IR] B मा डाउनग्रेड गरेको हो ।
उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।
त्यस्तै इक्राले बलेफि हाईड्रोपावरलाई प्रदान गरेको [ICRANP-IR] B "ISSUER NOT COOPERATING" लाई [ICRANP-IR] B मा डाउनग्रेड गरेको छ ।
उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नरहेको इक्रा नेपालले जनाएको छ ।