सोमबार, असार २,२०८२ 01:53:23
  • सोमबार, असार २,२०८२ 01:53:23
Global IME Bank Limited

जापानको सेयर बजार ३४ वर्ष यताकै उच्च बिन्दुमा,प्रविधि,बैंक र बीमा कम्पनीहरुको सेयरमूल्यमा उछाल

Hyundai Nepal
जापानको सेयर बजार ३४ वर्ष यताकै उच्च बिन्दुमा,प्रविधि,बैंक र बीमा कम्पनीहरुको सेयरमूल्यमा उछाल
Nabil Bank Limited

काठमाण्डौ । जापानको सेयरबजार ३४ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । लामो सप्तान्ह बिदापश्चात खुलेको जापानको सेयर बजार निक्की आज ३४ वर्ष यताकै उच्च बिन्दु्मा बन्द भएको छ । प्रविधिसँग सम्बन्धित कम्पनीहरुको सेयरमूल्यमा आएको उछालका कारण निक्कीमा वृद्धि देखिएको हो ।  

निक्की २.८९ प्रतिशतले बढ्दै ३७ हजार ९६३.९७ बिन्दुमा पुगेको छ । जुन सन् १९९० जनवरी पछिकै उच्च बिन्दु हो । यो दिन सबैभन्दा धेरै वृद्धि चिप निर्माण कम्पनी टोकियो इलेक्ट्रोनमा देखियो । यो कम्पनीको सेयरमूल्य १३.३३ प्रतिशतले वृद्धि भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै सफ्ट बैंक ग्रुप कर्पको सेयरमूल्य ६.२७ प्रतिशतले बढेको छ । टोकियो म्यारिन होल्डिङस् इंक र एमएस एण्ड एडी इन्स्योरेन्स होल्डिङस् इंकको सेयरमूल्य क्रमशः११ र १०.८२ प्रतिशतले बढ्यो ।  

जापानको इक्विीटीहरुले वालस्ट्रिटमा गरेको बलियो प्रदर्शन र कमजोर जापानी मुद्राको फाइदा उठाएका छन् । यसले निर्याकर्ताहरुलाई विदेशीको आम्दानी बढाउन सहयोग पुर्याएको छ ।  

कारोबार सत्रमा एक डलरबराबर १४९.४७ जापानी येन कायम भएको छ ।  

निक्कीमा सूचीकृत २२५ कम्पनीहरुमध्ये १९६ को सेयरमूल्य वृद्धि भएको छ भने २६ वटाको मूल्यमा भने गिरावट आएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.