मंगलवार, कार्तिक ३,२०८३ 03:27:37
  • मंगलवार, कार्तिक ३,२०८३ 03:27:37
Global IME Bank Limited

१९ गल्फ कोर्सका मालिक र रियल स्टेटका बादशाह ट्रम्पसँग कति छ सम्पत्ति ?

Bizshala
१९ गल्फ कोर्सका मालिक र रियल स्टेटका बादशाह ट्रम्पसँग कति छ सम्पत्ति ?
New Office

काठमाण्डौ । अमेरिकामा एकपटक फेरि ‘ट्रम्प कार्ड’चलेको छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जितको निकै नजिक पुगेका छन् । अमेरिकी समाचार एजेन्सी फक्स न्यूजले त ट्रम्पका्े जितको घोषणा नै गरिसक्यो ।  

अमेरिकामा सबैभन्दा धनी नेताको सूचीमा ट्रम्पको नाम आउने गर्छ । उनीसँग अरबौ डलर सम्पत्ति छ । यसका साथै मिडिया टेक्नोलोजीदेखि लिएर रियल स्टेट क्षेत्रसम्म विश्वभर उनको व्यवसाय फैलिएको छ ।  

७ अर्ब डलरभन्दा बढीका मालिक

अमेरिकाको धनाढ्य नेताको रुपमा परिचित ट्रम्प फेरि एकपटक वाइटहाउस प्रवेश गर्दैछन् । यदि उनको कुल सम्पत्तिको कुरा गर्ने हो भने उनको सम्पत्ति ६.६ अर्ब डलरदेखि ७.७ अर्ब डलरको बीचमा रहेको जनाइएको छ । फोब्र्स बिलिनियर्स इन्डेक्सका अनुसार ट्रम्पसँग ६.६ अर्ब डलरभन्दा बढी सम्पत्ति छ ।  

त्यस्तै ब्लूमबर्ग रिपोर्टका अनुसार ट्रम्पसँग सन् २०२४ समम ७.७ अर्ब डलरबराबरको सम्पत्ति रहेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सम्पत्तिमा ठूलो उतारचढाव

डोनाल्ड ट्रम्पले सन् २०१६ मा पहिलोपटक राष्ट्रपति निर्वाचन जित्दा उनको सम्पत्ति ४.५ अर्ब डलरबराबर थियो । राष्ट्रपतिमा निर्वाचित भएपछि उनको सम्पत्तिमा गिरावट आएको थियो । फोब्र्स डेटाका अनुसार सन् २०२० मा उनको सम्पत्ति घटेर २.१ अर्ब डलरमा सीमित बनेको थियो । तर पहिलो कार्यकाल समाप्त भएपछि उनको सम्पत्ति फेरि बढेर सन् २०२२ मा ३ अर्ब डलर पुगेको थियो ।  

रिपोर्टका अनुसार ट्रम्पको कुल सम्पत्तिमा सबैभन्दा बढी हिस्सा ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुपको रहेको छ । ययपछि भने गल्फ क्लब,रिसोर्ट र बंगलाको रहेको छ । ट्रम्प मिडिया एण्ड टेक्नोलोजीको मूल्य ५.६ अर्ब डलरबराबर छ । अप्रिल २०२४ सम्म ट्रम्पसँग ट्रम्प मिडिया एण्ड टेक्नोलोजीको ११४.७५ मिलियन सेयर र ३६ मिलियन अर्नआउट सेयर रहेको छ । उनको अर्नआउट सेयरको मूल्य १.२ अर्ब डलर छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

आलिशान महल

ट्रम्पसँग थुप्रै आलिशान प्रोपटीहरु पनि छन् । फ्लोरिडामा उनको १ करोड डलर मूल्यबराबरको मेन्सन छ । यस्तै सेन्ट मार्टिनमा पनि ट्रम्पको लक्जरी प्रोपटी छ । ह्वाइट हाउस छाडेपछि ट्रम्प फ्लोरिडामा रहेको मार–ए लागो नामक महलमा बस्थे । यसको निर्माण सन् १९२७ मा भएको थियो । जसलाई ट्रम्पले सन् १९८५ मा खरिद गरेका थिए ।  

२० एकड क्षेत्रफलमा फैलिएको यो महलमा ५८ वटा बेडरुम,३३ वाथरुम,१२ फायरप्लेस,एक स्पा,स्विमिङ पुल,टेनिस कोर्ट र गल्फ कोर्स छन् ।  

डोनाल्ड ट्रम्प गल्फको शौखिन हुन् र उनीसँग १९ वटा गल्फ कोर्स छन् । उनको सम्पन्नताको अन्दाज उनले कलेक्सन गरेको एयरक्राफ्टबाट पनि लगाउन सकिन्छ ।  

बुबाको कारोबारलाई बढाएका थिए अघि

ट्रम्पले रियल स्टेटको कारोबार आफ्नो बुबाबाट प्राप्त गरेका थिए । उनका बुबा फ्रेड ट्रम्प न्यूयोर्कको सबैभन्दा सफल रियल स्टेट कारोबार थिए । जसलाई पछि ट्रम्पले अघि बढाएका थिए ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.