सोमबार, असार २,२०८२ 10:31:16
  • सोमबार, असार २,२०८२ 10:31:16
Global IME Bank Limited

नयाँ टीएमएसमा चाहे अनुसार ‘मार्केट डेप्थ’ हेर्न र ‘टार्गेट सेट’गर्न मिल्ने, यस्ता छन अन्य सुविधा

Hyundai Nepal
नयाँ टीएमएसमा चाहे अनुसार ‘मार्केट डेप्थ’  हेर्न र ‘टार्गेट सेट’गर्न मिल्ने, यस्ता छन अन्य सुविधा
Nabil Bank Limited

काठमाण्डौ । नयाँ टीएमएसमा हालको टीएमएसको तुलनामा केही थप सुबिधा प्रदान गरिएको छ । डीजी हबका अनुसार नयाँ टीएमएसमार्फत अब लगानीकर्ताहरुले मार्केट डेप्थमा आफूले चाहेअनुसार नै ‘बाई सेल अर्डर’ हेर्न मिल्ने भएको छ । हालको टीएमएसमा ५ वटा अडर मात्रै हेर्न सकिन्छ ।  

त्यसैगरि, नयाँ टीएमएसमा खरिद बिक्रीको हिसाबकिताब पनि हेर्न मिल्ने व्यवस्था रहेको छ । हालको टीएमएसमा भने यस्तो सुबिधा छैन । जसका लागि ब्रोकरलाई नै सम्पर्क गरेर लेजर पठाउन भन्नु पर्ने हुन्छ । नयाँ टीएमएस आइफोन र एन्ड्रोइड दुवै मोबाइलबाट चल्ने पनि डीजी हबले जानकारी दिएको छ । यसका साथै, वेभ भर्सन र डेक्सटप भर्सन दुवैमा सहज रुपमा चल्ने पनि बताइको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ टीएमएसका यस्ता छन् अन्य अन्य अपरेसन विशेषताहरुः

–सेयर बिक्री गर्ने बित्तिकै अरु सेयर खरिद गर्न सकिने, त्यसको लागि ब्रोकरलाई भनि रहनु नपर्ने ।

–आफ्नो लेजर ब्यालेन्सअनुसार रिलय टाइममा कोल्याट्रल पाइने ।

–आफूले चाहे अनुुसार मार्केट डेप्थ हेर्न सकिने ।

–लिंक एण्ड डच फिचर भएको ( रियल टाइममा विभिन्नकम्पनीको मुभमेन्ट हेर्न मिल्ने )

–मल्टि विन्डो फिचर ( धेरै विन्डो एकै पल्ट हेर्न मिल्ने )

–सेयर खरिदबिक्री पछि आफ्नो हिसाब किताब हर्न सकिने, ब्रोकरसँग लेजर मागि रहनु नपर्ने ।

–सिस्टममा नै किनेको सेयरको नाफा÷घाटा हिसाब हेर्न मिल्ने  

–क्लाइन्ट लग इन गरेर अकाउन्टिङ हेर्न मिल्ने

–कुनै सेयरमा किनबेच गर्न लगानीकर्ताले टार्गेट राखेमा सिस्टमले नै अलर्ट गर्ने । जस्तै कुनै लगानीकर्ताले सेयर किन्दा यति प्रतिशत बढेमा बेच्ने र घटेमा किन्ने टार्गेट राखेमा सिस्टमले नै अलर्ट गर्ने सुविधा भएको ।

यसका साथै, हिट् म्याप अर्थात कुन सेयरमा लगानीकर्ताको खरिद तथा बिक्री चाप रहेको भनेर हेर्न पनि मिल्ने डीजी हबले जानकारी दिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.