बिहीबार, श्रावण १४,२०८३ 02:45:17
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 02:45:17
Bizshala
Global IME Bank Limited

सीईडिबी हाइड्रो डेभलपमेन्ट कम्पनी अब इतिहासमा सीमित, नयाँ नामसहित कारोबारमा

सीईडिबी हाइड्रो डेभलपमेन्ट कम्पनी अब इतिहासमा सीमित, नयाँ नामसहित कारोबारमा
New Office

काठमाण्डौ । सीईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेड इतिहास बनेको छ ।  

यो कम्पनीको २०८१ असोज २१ गते सम्पन्न २०७९/८० र २०८०/८१ को वार्षिक साधारणसभाले नाम परिवर्तनको अजेण्डा पारित गरेसँगै सीईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडको अस्तित्व समाप्त भई नयाँ नाम पाएको हो ।  

सभाले कम्पनीको नयाँ नाम ‘सिईडिबी होल्डिङ्ग्स लिमीटेड’ हुने निर्णय गरेको छ । 

साधारणसभाबाट भएको निर्णयअनुसार कात्तिक २० गते कम्पनी रजिष्टारको कार्यालयबाट समेत नयाँ नाम स्वीकृत भएर आएसँगै कानूनी रुपमा समेत सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेड इतिहास बन्न पुगेको हो ।  

कम्पनीले नेप्सेलाई एक पत्र लेख्दै नाम परिवर्तनको विषयमा जानकारी गराएको हो । 

नाम परिवर्तनसँगै कम्पनीको पूँजीको आकार समेत बढाइएको छ । अधिकृत पूँजी १ अर्ब ५० करोडबाट बढेर १ अर्ब ६० करोड तथा जारी पूँजी १ अर्ब २० करोडबाट वृद्धि भई १ अर्ब ६० करोड पुगेको छ ।  

कम्पनीको मुख्य नाम फेरिए पनि नेप्सेमा कारोबारको क्रममा पाएको कारोबार संकेत भने परिवर्तन भएको छैन । सिएचडिसी कारोबार संकेतमै यसको कारोबार हुनेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.