बुधबार, माघ ९,२०८१ 12:53:09
IME remit
  • बुधबार, माघ ९,२०८१ 12:53:09
IME remit
Global IME Bank Limited

क्रस बोर्ड भुक्तानी थप सहज, Alipay+का मोबाइल पेमेन्ट पार्टनरका प्रयोगकर्ताले नेपाल भ्रमण गर्दा क्यूआर स्क्यान गरेर भुक्तानी गर्नसक्ने

Hyundai Nepal
क्रस बोर्ड भुक्तानी थप सहज, Alipay+का मोबाइल पेमेन्ट पार्टनरका प्रयोगकर्ताले नेपाल भ्रमण गर्दा क्यूआर स्क्यान गरेर भुक्तानी गर्नसक्ने
Nabil Bank Limited

काठमाण्डौ । नेपालमा डिजिटल पेमेन्ट सिस्टम प्रवद्र्घनमा मुख्य भूमिका निर्वाह गर्दै आएको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र डिजिटल पेमेन्ट तथा वित्तीय टेक्नोलोजी लिडर एण्ट इन्टरनेशनलले नेपालपे क्यूआर र Alipay+ बीच क्रस–बोर्डर भुक्तानीको शुरुवात भएको संयूक्त रुपमा घोषणा गरेका छन् । 

Bizshala
CG Motors
Sagarmatha Cement

सिंगापुर फिनटेक फेस्टिभल २०२४ को ग्लोबल प्ल्याटफर्ममा दक्षिणपूर्वी एसिया, अष्ट्रेलियातथा न्युजिल्याण्डका एण्ट इन्टरनेशनलका महाप्रबन्धक एडवर्ड यू र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, एनसीएचएलका अध्यक्ष विश्रुत थापा तथा एण्ट इन्टरनेशनलका अध्यक्ष डगलस फेगिनका साथै दुवै संस्थाका अन्य प्रतिनिधि, अन्य विशिष्ट व्यक्तिहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा सो घोषणा गरिएको हो ।  

उक्त घोषण पश्चात चिनियाँ मेनल्याण्ड लगायत हङकङ एसएआर चीन, मकाउ एसएआर चीन, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया र इटाली लगायत १० देश तथा क्षेत्रका यात्रुहरूले आफ्नो डोमेस्टिक इवालेट तथा मोबाईल बैंकिङ्ग एपमार्फत नेपालका अन्तरआबद्ध नेपालपे क्यूआरको नेटवर्कसहित ८७५,००० भन्दा बढी मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् । 

Muktinath Bikas Bank Limited

एण्ट इन्टरनेशन (Alipay+) र एनसीएचएलबीच मे २०२४ मा प्रारम्भिक सामझदारीपत्रमा हस्ताक्षर भई नेपाल राष्ट्र बैंकको आवश्यक स्वीकृति पश्चात् क्रस–बोर्डर क्यूआर भुक्तानी सेवा शुरुवात गरिएको हो ।  नेपालपे र अन्तरआवद्ध क्यूआरले क्रस बोर्डर भुक्तानीका लागि र नेपालको रिटेल पेमेन्ट सिस्टमलाई विश्वव्यापी रुपमा चिनाउन यस साझेदारीले ठूलो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।  

यस व्यवस्थाले नेपाललाई आफ्नो रोजाइको गन्तव्य बनाएका विभिन्न देशका पर्यटकहरुले नेपालको मर्चेन्टहरुलाई सहजै क्रस–बोर्डर डिजिटल भुक्तानी गर्नसक्ने भएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.