बिहीबार, चैत्र २१,२०८१ 21:51:40
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:36:40
IME remit
Global IME Bank Limited

नेशनल लाइफको नाफा र बीमाशुल्क आर्जनमा सामान्य वृद्धि, रिटेन्ट अर्निङ ५०% ले घट्यो

Hyundai Nepal
नेशनल लाइफको नाफा र बीमाशुल्क आर्जनमा सामान्य वृद्धि, रिटेन्ट अर्निङ ५०% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा र बीमाशुल्क आर्जनमा सामान्य वृद्धि भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १३ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १३ करोड २ लाख रुपैयाँको तुलनामा ६.२४ प्रतिशतले बढी हो ।  

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १८.१३ प्रतिशतले बढेर ४ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यो अवधिमा कम्पनीले ६ अर्ब ६९ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । कम्पनीको खर्चमा केही बढोत्तरी आएको छ । अघिल्लो आवसम्म ५ अर्ब ३५ करोड रुपैयाँबराबरको कुल खर्च गरेको कम्पनीको खर्च बढेर ६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।  

कम्पनीले सेयर प्रिमियम शीर्षकमा २ करोड ७८ लाख रुपैयाँको व्यवस्था गरेको छ । अघिल्लो आवसम्म १ अर्ब २२ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ घटेर ६१ करोड ३७ लाख रुपैयाँमा सीमित बनेको छ । जुन ५०.०३ प्रतिशतले कम हो । कम्पनीको महाविपत्ती कोषको आकार ५८ करोड ३६ लाख रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १०.६६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२.४५ र मूल्य आम्दानी अनुपात ५९.३६ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.