काठमाण्डौ । कमजोर घरेलु उपभोगका कारण जापानको अर्थतन्त्र अप्रत्याशित रूपमा संकुचित भएको छ । जसका कारण जापान आर्थिक मन्दीतर्फ धकेलिएको छ ।
२०२३ को अन्तिम तीन महिनामा कुल गार्हस्थ्य उत्पादन ०.४ प्रतिशत को वार्षिक गतिमा संकुचित भएको जापानको क्याबिनेट कार्यालयले जनाएको छ । अघिल्लो त्रैमासमा पनि जापानको कुल ग्राहस्थ उत्पादनमा कमी आएको थियो । यदि लगातार दुई त्रैमाससम्म कुनै देशको अर्थतन्त्रमा संकुचन आउँछ भने त्यसलाई मन्दीको रूपमा परिभाषित गरिन्छ ।
तथ्याङ्कका अन्सार जापानको अर्थतन्त्र अमेरिकी डलरको आधारमा गत वर्ष जर्मनी पछि विश्वको चौथो ठूलो थियो। अहिले जापानको अर्थतन्त्रमा आएको संकुचनका कारण जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ ।
अर्थतन्त्रको आधा हिस्साको रुपमा रहेको जापानको निजी उपभोग ०.२ प्रतिथशतले घटेको छ । जापानी उपभोक्ताहरूले खाना, इन्धन र अन्य सामानहरूको लागि उच्च मूल्यहरूको सामना गरिरहेका कारण उपभोग खर्च घट्न पुगेको हो ।
जापानले आफ्नो आधारभूत ऊर्जा आवश्यकताको ९४ प्रतिशत र खाद्यान्न आवश्यकताको ६३ प्रतिशत आयात गर्ने गर्र्छ । त्यसैले येनको मूल्य कमजोर बन्दा जीवनयापन महंगो भएको छ ।