काठमाण्डौ । भारतको प्रमुख आपूर्तिकर्ता रूसबाट कच्चा तेलको आयात जनवरीमा लगातार दोस्रो महिना पनि घटेको छ । यो गिरावट एक वर्षको सबैभन्दा धेरै हो । कडा पश्चिमी देशकरुको प्रतिबन्धका कारण आपूर्तिलाई प्रभावित गरेको हो ।
विश्वको तेस्रो ठूलो तेल आयातकर्ता र उपभोक्ता भारतले रुसी तेल आयातमा आएको गिरावटको भरपाई इराकी तेलको आयात बढाएर गरेको तथ्याङ्कले देखाएको छ।
तथ्यांकका अनुसार रसियाबाट आयात ४.२ प्रतिशतले घटेर १.३ मिलियन ब्यारेल प्रति दिन कायम भएक्को छ ।
आगामी महिनामा भारतको रुसी कच्चा तेलको आयात अझै घट्न सक्ने बताइएको छ ।
गत वर्ष, मस्कोले युक्रेनमा आक्रमण गरेपछि पश्चिमी देशहरूले आयातमा रोक लगाएपछि भारत छुटमा बेचेको समुद्रमा हुने रूसी तेलको शीर्ष खरिदकर्ताको रूपमा उभिएको थियो।
यद्यपि गत डिसेम्बरमा वाशिंगटनले सात राष्ट्रहरूको समूहले तोकेको प्रतिब्यारेल क्याप ६० डलरभन्दा माथि बेच्ने रूसी तेल बोक्ने जहाज र जहाज सञ्चालकहरूमाथि प्रतिबन्ध लगाएको थियो। बैंक र सेवा प्रदायकहरूलाई कार्गोले मूल्य सीमा उल्लंघन नगर्ने सुनिश्चित गर्न निर्देशन दिइएको छ ।
प्रतिबन्ध पछि, सोकोल कच्चा तेल भारत पठाउनका लागि धेरै ट्याङ्करहरू डाइभर्ट गरिएको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                