काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ७ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.९० रुपैयाँ र बिक्रीदर १३५.५० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ कायम थियो ।
आज एक यूरोको खरिददर १४२.०४ रुपैयाँ र बिक्रीदर १४२.६७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.६२ रुपैयाँ र बिक्रीदर १७१.३८ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ र बिक्रीदर ८८.३९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७३ रुपैयाँ र बिक्रीदर ८.७७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६३ रुपैयाँ र बिक्रीदर १८.७१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.२१ रुपैयाँ र बिक्रीदर ३०.३५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७.१७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६५ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.६७ रुपैयाँ र बिक्रीदर ४४०.६२ रुपैयाँ कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहिबारदेखि परिवर्त्य विदेशी मुद्राको रुपमा मान्यता दिएको एक ओमानी रियालको खरिददर ३५०.३७ र बिक्रीदर ३५१.९३ रुपैयाँ कायम भएको छ ।