काठमाण्डो । नबिल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । बैंकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश(करसहित)लाभांश वितरणको घोषणा गरेको छ ।
बैंकद्वारा प्रस्तावित लाभांश आगामी मंसिर २७ गते आयोजना हुने ४० औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।