काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंसिर ९ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको हो ।
बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ को १ः१ अनुपातमा प्रति कित्ता १०० रुपैयाँ अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्नेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।