काठमाण्डौ । आज डलरको मूल्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन ४ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयको दर अनुसार डलरको मूल्य बढेको हो ।
केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.५८ रुपैयाँ र बिक्रीदर १३३.१८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन डलरको खरिददर १३२.५६ रुपैयाँ र बिक्रीदर १३३.१६ रुपैयाँ कायम थियो ।
त्यस्तै आज एक यूरोको खरिददर १४२.३२ रुपैयाँ र बिक्रीदर १४३ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.३५ र बिक्रीदर १६७.१० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.१५ रुपैयाँ र बिक्रीदर ८६.५४ रुपैयाँ रहेको छ ।
एक कतारी रियालको खरिददर ३६.३५ र बिक्रीदर ३६.५२ रुपैयाँ रहेकोमा एक बहराइन डिनारको खरिददर ३५१.६८ र बिक्रीदर ३५३.२७ रुपैयाँ रहेको छ ।