काठमाण्डौ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी मंसिर २९ गतेदेखि शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेृको हो ।
कम्पनीले निष्कासन गर्ने रु.१०० अंकित दरका ७० लाख कित्ता हकप्रदमा माघ ४ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।
यो हकप्रदका लागि काठमाण्डौको तिनकुनेमा रहेको कम्पनीको कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ ।
कम्पनीले आईपीओ निष्कासनको समेत तयारी गरिरहेको छ । कम्पनीले ३० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले कुमारी क्यापिटल लाई आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त समेत गरिसकेको छ ।