बिहीबार, बैशाख ११,२०८२ 07:08:51
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 07:08:51
IME remit
Global IME Bank Limited

माउण्टेन इनर्जी नेपालद्वारा लाभांश घोषणा

Hyundai Nepal
माउण्टेन इनर्जी नेपालद्वारा लाभांश घोषणा
Nabil Bank Limited

काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ।कम्पनीको मङ्सिर १७ गते साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्तापुँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ रहेको छ।

कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले पुस २८ गते साधारण सभा गर्ने भएको छ।कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।यससंगै पुस १० गते सम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

कम्पनीले लगातार दोस्रो वर्ष १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।कम्पनीले आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट पनि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.७८९५ प्रतिशत नगद गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो।

माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन्।कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो परियोजना प्रतिमेगावाट साढे १३ करोड हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो।माउण्टेन इनर्जीले १२ मेगावाट क्षमताको मिस्ट्रीखोला–२ जलविद्युत आयोजनाको पनि विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ।

Muktinath Bikas Bank Limited

कम्पनीले हालै मात्र दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता पनि गरेको छ।कम्पनीले मनाङको दूधखोलामा सीता हाइड्रोले प्रबर्दन गरेको ६५ मेगावाट क्षमताको उक्त आयोजनामा लगानी गर्ने भएको हो।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.