सोमबार, असार २,२०८२ 11:04:07
  • सोमबार, असार २,२०८२ 11:04:07
Global IME Bank Limited

चीन बाहेकका अन्य अधिकांश एशियाली चिप निर्माता कम्पनीको सेयरमा हरियाली

Hyundai Nepal
चीन बाहेकका अन्य अधिकांश एशियाली चिप निर्माता कम्पनीको सेयरमा हरियाली
Nabil Bank Limited

काठमाण्डौ । चीन बाहेकका अधिकांश एशियाली चिप स्टक आज वृद्धि भएका छन् । अमेरिकाले चिनियाँ चिप निर्माता कम्पनीहरुमाथि कडाई हुनसक्ने सम्भावना बढेसँगै चीनबाहेकका अन्य कम्पनीको सेयरमूल्य बढेको हो ।  

आज ताइवान सेमिकन्डक्टरको सेयरमूल्य २.४ प्रतिशतले बढेको छ । यो कम्पनी विश्वको सबैभन्दा ठूलो चिप आपूर्तिकर्ता हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै जापानका अधिकांश चिप निर्माता कम्पनीहरुको सेयरमूल्य पनि वृद्धि भएको छ । टोकियो इलेक्ट्रोनको मूल्य ४.७ प्रतिशत,लेजरटेकको ६.७ प्रतिशत,एड्भानटेस्टको ३.९ प्रतिशत र रेनेसास इलेक्ट्रोनको २.२ प्रतिशतले बढेको छ ।  

बेलायती चिप डिजाइनर आर्ममा स्वामित्व भएको सफ्ट बैंकको सेयरमूल्य पनि ३.६ प्रतिशतले बढेको छ ।  

यस्तै दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्स र एसके हाईनिक्सको सेयरमूल्य पनि क्रमशः०.९ र १.८ प्रतिशतले उकालो लागेको छ ।  

अमेरिकाको वाणिज्य विभागले कटिङ ऐज चिप प्रविधिमा चीनको पहुँच रोक्न गत सोमबार १४० वटा नयाँ कम्पनमाथि कडाई गर्ने घोषणा गरेको थियो । यसमा चीनको ठूला कम्पनीहरु जस्तै नौरा टेक्नोलोजी र एसीएल रिसर्च पनि रहेका छन् । यी कम्पनीहरुको सेयरमूल्य आज क्रमश ३ र १ प्रतिशतले घटेको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.