सोमबार, असार २,२०८२ 09:09:09
  • सोमबार, असार २,२०८२ 09:09:09
Global IME Bank Limited

दक्षिण कोरियामा उत्पन्न राजनीतिक संकटका कारण सेयर बजारमा गिरावट

Hyundai Nepal
दक्षिण कोरियामा उत्पन्न राजनीतिक संकटका कारण सेयर बजारमा गिरावट
Nabil Bank Limited

काठमाण्डौ । दक्षिण कोरियामा जारी राजनीतिक उतारचढावका कारण त्यहाँको सेयर बजारमा गिरावट आएको छ ।  

राष्ट्रपति युन सुक योलले मंगलबार देशमा सैनिक शासन लगाएको केही घण्टामै उक्त निर्णयबाट पछि हटेका थिए । योलको उक्त निर्णयका कारण दक्षिण कोरियाको सेयर बजार मापक इन्डेक्स कोस्पी १.८ प्रतिशतले घटेको छ । यस्तै कोस्डाक इन्डेक्स पनि २.३ प्रतिशतले ओरालो लागेको छ ।  

देशमा उत्पन्न राजनीतिक संकटका कारण लगानीको वातावरण बिग्रने सम्भावनका कारण सेयर बजार गिरावट आएको जनाइएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंक अफ कोरिया(केन्द्रीय बैंक)ले आपकालिन बैठक बोलाउदै एफएक्स मार्केटलाई स्थायित्व प्रदान गर्न अल्पकालिन तरलतालाई बढावा दिने र अन्य समाधानका उपायहरु अबलम्बन गर्ने निर्णय गरेको छ ।  

यस्तै स्थानिय योनहाप न्यूज एजेन्सीले देशको वित्तीय नियामकले सेयर बजारको सेन्टिमेन्टलाई कायम राख्न ७.०७ बिलियन डलर बजारमा परिचालन गर्न तयार रहेको खबर प्रकाशन गरेको थियो । यद्यपी दक्षिण कोरियाका विदेशी विनियम अधिकारीहरुले भने ‘अनसोर मार्केट’मा अमेरिकी डलर बिक्री गर्न सक्ने सम्भावना रहेको जनाइएको छ ।  

आज अन्य एशियाली बजारले पनि गिरावटका साथ कारोबारको थालनी गरेका छन् । जापानको निक्की२२५ इन्डेक्स ०.४ प्रतिशत र टोपिक्स ०.६ प्रतिशतले घटेको छ । यस्तै हङकङको हाङसेङ इन्डेक्स ०.२५ र चीनको सीएसआई ०.५ प्रतिशतले घटेका छन् ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.