काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ६ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.५३ रुपैयाँ र बिक्रीदर १३३.१३ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४२.७७ रुपैयाँ र बिक्रीदर १४३.४२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.८९ रुपैयाँ र बिक्रीदर १६७.६४ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.४८ रुपैयाँ र बिक्रीदर ८६.८७ रुपैयाँ रहेको छ ।
एक साउदी रियालको खरिददर ३५.३४ रुपैयाँ र बिक्रीदर ३५.५० रुपैयाा कायम भएको छ । आज एक बहराइन डिनारको खरिददर ३५१.५६ रुपैयाँ र बिक्रीदर ३५३.१५ रुपैयाँ कायम भएको छ ।