काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको हो ।
बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १५ प्रतिशत लाभाश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरि वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।