शनिबार, फाल्गुन १०,२०८१ 08:52:42
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:52:42
IME remit
Global IME Bank Limited

हकप्रद निष्कासनको तयारीमा रहेका निर्जीवन बीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?

Hyundai Nepal
हकप्रद निष्कासनको तयारीमा रहेका निर्जीवन बीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?
Nabil Bank Limited

काठमाण्डौ । बीमा कम्पनीहरु चुक्तापुँजी बढाउने दौडधुपमा छन् । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पुँजी बढाउन निर्देशन दिएसँगै अधिकांश बीमा कम्पनीले हकप्रदको बाटो रोजेका छन् ।  

प्राधिकरणले जीवन बीमा कम्पनीलाई न्यूनतम ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई न्यूनतम साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो । बीमा कम्पनीहरु पुँजी बढाउने प्रयोजनकै लागि हकप्रदको प्रक्रिया अघि बढाएपनि ११ महिना नेपाल धितोपत्र बोर्डमा अध्यक्ष रिक्त हुँदा बीमकहरुले समयमा नै पुँजी बढाउन सकेका थिएनन् ।  

तर धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएसँगै कम्पनीहरुले धितोपत्र निष्कासनको अनुमति पाउन थालेका छन् । बीमा कम्पनीहरुले पनि हकप्रद र आइपीओ निष्कासनको अनुमति पाउन थालेका छन् । हकप्रदका लागि दुई बीमा कम्पनी एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल०ले बोर्डबाट अनुमति पाएर हाल हकप्रद निष्कासन गरिरहेको छ । त्यस्तै, लघुबीमा कम्पनीतर्फ गार्डियन माइक्रो लाइफले पनि प्राथमिक सेयर निष्कासनको अनुमति पाएर पहिलो चरणमा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्दैछ ।  

 

 

Shivam Cement
CG Motors
Sagarmatha Cement

अझैपनि आधा दर्जन भन्दा बढी बीमा कम्पनीहरु हकप्रद निष्कासनको लागि बोर्डको पाइपलाइनमा छन् । जसमध्ये ५ वटा निर्जीवन बीमा कम्पनी अझै हकप्रद निष्कासनको अनुमति कुर्दै छन् । पुँजी बढाउने प्रयोजनकै लागि कुल ६ वटा निर्जीवन बीमा कम्पनीले हकप्रदको बाटो रोजेका हुन् । जसमध्ये एनएलजीले अनुमति पाएर हकप्रद निष्कासन गरिरहेको छ भने ५ वटा कम्पनी नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड र सानिमा जिआइसी भने अझैपनि बोर्डको पाइपलाइनमै छन् ।  

बोर्डबाट स्वीकृति पाउनासाथ उक्त ५ कम्पनीले पनि धमाधम हकप्रद सेयर जारी गर्नेछ । उक्त कम्पनीहरुले बोर्डबाट स्वीकृति पाएपनि हकप्रद सेयर प्रयोजनार्थ बुकक्लोजको मिति तोकेर हकप्रद निष्कासन गर्नेछ ।  

हकप्रद आउने भएपनि लगानीकर्ताहरुले भने कस्ता कम्पनीमा लगानी गर्दैछन् त्यो बुझ्न जरुरी हुन्छ । कम्पनीहरुले हकप्रद वा अन्य सेयर निष्कासन गर्ने भएपनि आफुले लगानी गर्न लागेको कम्पनीको वित्तीय अवस्था वा लगानी गरेपछि त्यसबाट प्रतिफल पाउन सकिन्छ वा सकिँदैन त्यो बुझ्न आवश्यक हुन्छ ।  

हकप्रद निष्कासनको तयारीमा रहेका वा हकप्रद जारी गरिरहेको गरि कुल ६ वटा निर्जीवन बीमा कम्पनीको वित्तीय अवस्था केलाउने प्रयास गरिएको छ । कुन कम्पनीको हकप्रदमा लगानी गर्दा लगानीकर्तालाई बढी फाइदा हुन सक्छ भनि तथ्याङ्कको आधारमा विश्लेषण गरेका छौं तर यो अध्ययन कुनै पनि कम्पनीको सेयर खरिद गर्न वा हकप्रदमा लगानी गर्न सिफारिक गरिएको भने होइन ।  

खुद नाफाको आधारमा  

खुद नाफा कम्पनीहरुको प्रमुख सूचक हो । लगानीकर्ताले आफुले लगानी गर्न लागेको कम्पनीले कति मुनाफा कमाईरहेको छ, त्यो थाहा पाउनु जरुरी हुन्छ । आर्जित मुनाफाबाट कम्पनीले सेयरधनीलाई लाभांश दिन सक्छ वा सक्दैन अनुमान लगाउन सकिन्छ । चालु आवको पहिलौ त्रैमाससम्ममा नेको इन्स्योरेन्सको ७ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ ।  

बीमाशुल्क आर्जनको आधारमा  

बीमा कम्पनीहरुको लागि बीमा शुल्क आर्जन नै मुख्य व्यवसाय सूचक हो । लगानीकर्ताले आफुले लगानी गर्न लागेको कम्पनीको व्यवसाय अवस्था कस्तो छ बुझ्न आवश्यक हुन्छ । चालु आवको पहिलो त्रैमाससम्म सबैभन्दा बढी धेरै व्यवसाय पनि नेको इन्स्योरेन्सले नै गरेको छ । कम्पनीले असोज मसान्तसम्म २८ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।  

बीमा कोषको आधारमा  

बीमा कोष बीमकहरुको प्रमुख सूचक हो । बीमा कम्पनीहरुले आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम बीमा कोषका लागि छुट्याउनुपर्ने प्रावधान छ । चालु आवको पहिलो त्रैमाससम्म सबैभन्दा बढी बीमा कोषमा नेको इन्स्योरेन्सले ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित गरेको छ ।  

रिटेन्ड अर्निङ र महाविपत्ती कोषको आधारमा  

बीमा कम्पनीहरुले वित्तीय विवरणमा रिटेन्ड अर्निङ (संचित आम्दानी÷नाफा) र महाविपत्ती कोष सूचक छुट्याएका हुन्छन् । भविष्यमा हुन सक्ने जोखिम बहन गर्न वा दायित्व बहन गर्न बीमा कम्पनीले महाविपत्ती कोषको व्यवस्था गरेका हुन्छन् । त्यस्तै, सेयरधनी वा कर्मचारी तथा बीमितलाई प्रतिफल बाँड्नका लागि बीमा कम्पनीले रिटेन्ड अर्निङ कोष छुट्याएका हुन्छन् । दुबैमा नेको इन्स्योरेन्स नै अघि रहेको छ । महाविपत्ती कोषमा १४ करोड ९१ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ५९ करोड ८८ लाख रुपैयाँ छुट्याएको छ ।  

चुक्तापुँजीको आधारमा  

लगानीकर्ताले आफुले लगानी गर्न लागेको कम्पनीको चुक्तापुँजी कति छ, त्यो बुझ्न जरुरी हुन्छ । चुक्तापुँजी बढी भएका कम्पनीको सेयर बजारमा सहजै खरिद गर्न पाउने भएकाले त्यस्ता कम्पनीको सेयर ह्वात्तै नबढ्ने चान्स बढी हुन्छ । पहिलो त्रैमाससम्ममा सबैभन्दा धेरै चुक्तापुँजी युनाइटेड अजोडको २ अर्ब १० करोड रुपैयाँ र सबैभन्दा थोरै चुक्तापुँजी प्रभु इन्स्योरेन्सको १ अर्ब ४४ करोड रुपैयाँ छ ।  

खुद दाबी भुक्तानीको आधारमा  

बीमा कम्पनीहरुको लागि दाबी भुक्तानी सूचक महत्वपूर्ण सूचक हो । दाबी भुक्तानीको अवस्थाले कम्पनी बीमितमैत्री छ वा छैन थाहा पाउन सकिन्छ । चालु आवको पहिलो त्रैमाससम्ममा सबैभन्दा धेरै दाबी भुक्तानी नेको इन्स्योरेन्सले गरेको छ । कम्पनीले २३ करोड ३३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।  

आम्दानीको आधारमा  

बीमा कम्पनीहरुले संकलित बीमाशुल्क विभिन्न क्षेत्रमा लगानी गरी त्यसबाट आम्दानी गरिरहेका हुन्छन् । बीमा कम्पनीहरुको ८० प्रतिशत भन्दा बढी रकम बैंकको मुद्दती निक्षेपमा लगानी रहेको हुन्छ । त्यसबाट ब्याज आम्दानी बीमा कम्पनीलाई प्राप्त हुन्छ । साथै सूचीकृत सेयर तथा सरकारी ऋणपत्र, हाइड्रोपावर कम्पनी जस्ता अन्य क्षेत्रमा पनि कम्पनीहरुले लगानी गरेका हुन्छन् । चालु आवको पहिलो त्रैमाससम्म नेको इन्स्योरेन्सले ४९ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ ।  

प्रतिसेयर आम्दानीका आधारमा  

लगानीकर्ताले लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) कति छ बुझ्न जरुरी हुन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । चालु आवको पहिलो त्रैमाससम्म सबैभन्दा धेरै इपीएस प्रभु इन्स्योरेन्सको १५.५४ रुपैयाँ छ ।      

प्रतिसेयर नेटवर्थको आधारमा  

प्रतिसेयर नेटवर्थ ९बुकभ्यालु० पनि प्रमुख सूचक मानिन्छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा बृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ । पहिलो त्रैमाससम्ममा सबैभन्दा धेरै नेटवर्थ नेको इन्स्योरेन्सको २७९.८१ रुपैयाँ छ ।  

पीई रेसियोको आधारमा  

मूल्य आम्दानी अनुपात ९पीई रेसियो० सेयर लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने देखाउँछ । यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । पीई रेसियो धेरै भएमा सिद्धान्तको आधारमा राम्रो मानिदैन । फर्स्ट क्वाटरसम्ममा सबैभन्दा थोरै पीई रेसियो प्रभु इन्स्योरेन्सको ६४ गुणा रहेको छ ।  

हाई/लो प्राइसको आधारमा  

लगानीकर्ताले कम्पनीको धितोपत्रमा लगानी गर्नुअघि सो कम्पनीको सेयरभाउ बढी र घटिमा कतिसम्म पुगेको छ त्यो यकिन गरेर मात्रै लगानी गर्न आवश्यक छ । हकप्रद जारी गर्न लागेका ६ वटा निर्जीवन बीमा कम्पनीमध्ये नेप्सेको ५२ हप्ताको चार्टबमोजिम सबैभन्दा धेरै सेयरभाउ एनएलजीको पुगेको छ । कम्पनीको सेयरभाउ १३८२ रुपैयाँसम्म पुगेको छ । सबैभन्दा थोरै भने सानिमा जिआइसीको ४८८ रुपैयाँसम्म पुगेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.