सोमबार, असार २,२०८२ 02:18:59
  • सोमबार, असार २,२०८२ 02:18:59
Global IME Bank Limited

टर्‍यो सत्ता गठबन्धनको संकट, 'बीआरआईमा समेटिएका परियोजनामा अनुदान मात्र स्वीकार्य'

Hyundai Nepal
टर्‍यो सत्ता गठबन्धनको संकट, 'बीआरआईमा समेटिएका परियोजनामा अनुदान मात्र स्वीकार्य'
Nabil Bank Limited

काठमाण्डौ । सत्ता गठबन्धनको सम्भावित संकट तत्कालका लागि लगभग टरेको छ ।  

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बीआरआई फ्रेमवर्कमा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सहमतिको कार्यान्वयनमा जाँदा बीचको विकल्प अपनाउनुपर्ने निश्कर्ष निकालेसँगै सत्ताको सम्भावित संकट लगभग टरेको हो ।  

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले बीआरआईअन्तर्गत कार्यान्वयनमा आउने परियोजनाहरुमा अनुदान मात्र स्वीकारेर अगाडि बढ्नुपर्ने निर्णय गरेपछि अवस्था केही सहज बनेको हो ।  

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रम ओलीको चीन भ्रमणका क्रममा भएको बीआरआई सहमतिमा एड फाइनान्सिङ शब्द राखिएको र त्यसको अर्थ ऋणमात्र नभएर अनुदान समेत हुने भन्दै अनुदान मात्र स्वीकार गरेर अगाडि बढ्नुपर्ने निर्णय गरेको हो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कांग्रेस प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले बीआरआई फ्रेमवर्कमा हस्ताक्षर हुँदा ग्राण्ड फाइनान्सिङको ठाउँमा एड फाइनान्सिङ शब्द राखिएको र त्यसअन्तर्गत पनि अनुदानबाट मात्र परियोजना सञ्चालन गर्ने गरी नेपाल अगाडि बढ्नुपर्ने निर्णय भएको जानकारी दिए ।  

बीआरआई अन्तर्गतका परियोजनाहरु निर्माण अघि पुनः सहमति गरिनुपर्ने र सो क्रममा सहमति हुँदा ऋणको ठाउँमा अनुदानमा मात्रै जाने गरी अगाडि बढ्नुपर्नेमा कांग्रेस बैठकले जोड दिएको उनको भनाई छ छ ।  

'हामी शर्तसहिको ऋण लिने पक्षमा छैनौं । बैठकले पनि स्पष्ट रुपमा अनुदान मात्र स्वीकार गर्ने गरी अगाडि बढ्नुपर्नेमा एकमत बनाएको छ ।' बैठकपछि सञ्चारकर्मीसँग कुरा डा. महतले भने-‘अहिले पनि हाम्रो भनाइ अनुदानमात्र लिने भन्ने हो । त्यो चीन सरकारको सवालमा मात्र होइन । आउने दिनमा पनि सरकार सरकारबाट प्राप्त हुने ऋणका अनेकौ सर्तहरु हुने भएकाले त्यस्ता शर्तसहति ऋण लिंदा देशलाई फाइदा हँुदैन भन्ने हाम्रो ठहर हो। यसमा सरकारले दायाँबायाँ गर्दैन भन्ने हाम्रो विश्वास छ ।’

प्रधानमन्त्री चीनबाट फर्किएलगत्तै बीआरआई अन्तर्गत ऋण लिएर समेत परियोजनाहरु अगाडि बढाउनुपर्ने विषय राखिएको भन्दै तीव्र आलोचना भएको थियो । यो विषयले कांग्रेसभित्रै पनि विरोधका ठूला स्वहरु गुञ्जिएका थिए । रातारात सत्ता साझेदार दलका शीर्ष नेताहरुबीच बैठकका बैठक डाकिएका थिए । नेताहरुको दौडधूपका कारण सत्ता गठबन्धन नै धरापमा पर्ने हो कि भन्ने सर्वसाधारणमा डर थियो । जुन अब टरेको छ ।  

यसैबीच, आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए । उनको त्यो अभिव्यक्ति समेत सत्ता गठबन्धन भत्किनसक्ने अड्कलबाजीहरुप्रति केन्द्रीत रहेको ठानिएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.