काठमाण्डौ । भिजन सेक्युरिटिज् प्रालि(स्टक ब्रोकर नं. ३४) को आयोजनामा फागुन ५ गते ओम प्यालेस, नयाँबजार, धनगढीमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको भिजन सेक्युरिटिजले जनाएको छ । भिजन सेक्युरिटिजले धितोपत्र कारोवार सम्वन्धी पूर्ण सेवा प्रवाह गर्न नियामक निकायहरुवाट अनुमती लिई रातोपुल धनगढीमा शाखाकार्यालय खोलेको अवसरमा उक्त शाखा उद्घाटन समेत गरिएको छ ।
भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाको सभापतित्व तथा सुदुर पश्चिम प्रदेश, आर्थिक मामिलामन्त्री नरेश कुमार शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ठ अतिथि उद्योग वाणिज्य संघ धनगढीका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझा, सेयर बजार विज्ञ/विष्लेषक सुवासचन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
दोश्रो बजारमा कारोबार गर्नको लागि आवश्यक प्रकृया,अनलाईन कारोवार, लगानीकर्ताले ध्यानदिनु पर्ने विषय, अनलाईन कारोबार सम्वन्धी व्यवस्था लगायतका विषयमा भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
यसै गरि दोश्रो वजारमा कारोवार गर्दा लगानीकर्ताले के–कस्ता विषयमा गल्तीहरु गर्छन, के–के विषयमाध्यान पु¥याउनु पर्छ, विषयगत तथा प्राविधिक विश्लेषण कसरी गर्ने भन्ने विषयमा सेयर वजार विज्ञ/विष्लेशक सुवास चन्द्र भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए ।
यसै गरि कार्यक्रमका प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश, आर्थिक मामिलामन्त्री नरेश कुमार शाहीले हालै चलिरहेको आर्थिक मन्दीमा कमी ल्याउन पनि सर्वसाधरण जनताको लगानी जरुरी रहेको बताए । भयो । उक्त कार्यक्रममा व्यवसायी, लगानीकर्ता, शिक्षक, विद्यार्थीहरु गरी लगभग २७० जनाको उपस्थिति रहेको थियो ।