धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ४७ जना आकांक्षी
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि ४७ जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालय स्रोतअनुसार वैशाख २१ गते साँझ ५ बजेसम्म तोकिएको अन्तिम समयभित्र ४७ जनाले आवेदन दर्ता गराएका हुन् ।सन्तोष नारायण श्रेष्ठले अध्यक्ष पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त पद पूर्तिका लागि अर्थ मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले वैशाख १५ गते सार्वजनिक सूचना जारी गरेको...

