शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३९ करोड ११ लाखको खरिद भएको छ भने ४७ करोड ६७ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २६ करोड ८४ लाखको खरिद भएको छ भने २३ करोड ६५ लाखको बिक्री भएको छ ।

