नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
काठमाण्डौ । नेपाल स्टक एक्स्चेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्सेको सीईओ नियुक्त गरेको हो । यससँगै नेप्सेले करिब २ महिनापछि नेतृत्व पाएको छ । नेप्सेको सीईओ पद गत माघ २५ गतेदेखि रिक्त थियो ।

