‘एम. आउट’ भन्दै गभर्नर बहिर्गमनको खुशीमा लगानीकर्ताले गरे दीप प्रज्वलन
काठमाण्डौ । नेपाल राष्ट्रबैंकमा इतिहासकै विवादित गभर्नरको परिचय बनाएर आजबाट विदा भएका महाप्रसाद अधिकारीको बहिर्गमनमा सेयर बजारका लगानीकर्ताहरुले दिउँसै मैनबत्ती बालेर खुशियाली मनाएका छन् । एम. आउट भनी अंग्रेजीमा मैनबत्तीले लेखेर त्यहीँ दीप प्रज्वलन गर्दै गभर्नर महाप्रसाद अधिकारीको बहिर्गमनमा लगानीकर्ताले खुशियाली मनाएका हुन् । काठमाण्डौको भृकुटीमण्डपमा भेला...

