नेप्सेमा रु.७.१७ अर्ब रुपैयाँबराबरको बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ७ अर्ब भन्दा बढीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ६ महिनासम्ममा ७ अर्ब १७ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।

