नेप्सेमा सामान्य सुधार, जानकार भन्छन्,‘लगानीको विकल्प नहुँदा बजारमै फर्किए लगानीकर्ता’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नैप्से परिसूचक ५.९१ अंक अर्थात ०.२८ प्रतिशतले बढेर २ हजार ७६.५० बिन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६१ प्रतिशतले बढेर ३७२.२७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर ४ अर्ब...