दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.९१...

