एफएनसीसीआईका नयाँ अध्यक्ष श्रेष्ठले सम्हाले जिम्मेवारी, नवनिर्वाचित पदाधिकारीले समेत लिए शपथ
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)का नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहहरुले प्रमाणपत्र तथा शपथ ग्रहण गरेका छन् । नवनिर्वाचित सदस्यहरुलाई आज महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरिनुका साथै शपथ ग्रहण गराइएको हो ।

