विपद्मा एनसेलको सञ्चार राहत लम्बियो, भदौ २६ सम्म भ्वाइस, डेटा र एसएमएस निःशुल्क
काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन एनसेलले निःशुल्क सेवाको अवधि दोस्रोपटक थपेको छ। कम्पनीले भदौ २० गतेदेखि थप सात दिन अर्थात् भदौ २६ गतेसम्म प्रभावित क्षेत्रका ग्राहकलाई भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो।बाढीपछि खोज, उद्धार, राहत वितरण तथा पारिवारिक सम्पर्कमा सञ्चार सेवाको आवश्यकता अझै कायमै...

