नेप्सेमा लाग्यो दोश्रो नेगेटिभ सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित
काठमाण्डौ । जेनजी आन्दोलनका कारण बन्द भई सेयर कारोबार खुलेको पहिलो दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा पहिरो गएको छ । जेनजी आन्दोलनका कारण लगानीकर्ताको गिरेको मनोबलको प्रतिबिम्ब बजारमा पनि देखिएको हो । फलस्वरुप, कारोबार सुरु भएको एकमिनेटमै नेप्से ४ प्रतिशतले घटेपछि पहिलो नेगेटिभ सर्किट लगाएर कारोबार २० मिनेटका लागि स्थगन गर्नुपरेको थियो ।

